बेक्ड सालमोन गोलभेंडा र धनियाँको अचार

सामग्री ः सालमोन माछा १ सय ६० ग्राम (४ टुक्रा), ब्रेडकम ५० ग्राम, मसिनो गरी काटिएको धनियाँ १ ठूलो चम्चा, जिराको धूलो १ सानो चम्चा, बेसारको धूलो आधा सानो चम्चा, नुन स्वादअनुसार, अदुवाको पेस्ट १ सानो चम्चा, लसुनको पेस्ट १ सानो चम्चा, कागतीको रस १ ठूलो चम्चा, गोलभेंडा र धनियाँको अचारका लागि सनफ्लावर तेल ५० मिलिलिटर, हरियो खुर्सानी २ वटा, कागतीको रस १ ठूलो चम्चा, मसिनो गरी काटिएको धनियाँ २ ठूलो चुम्चा, पाकेको गोलभेंडा ४ वटा, नुन स्वादअनुसार ।

विधि ः गोलभेंडा, हरियो खुर्सानी ओवन अथवा चुल्होमा पोल्ने अनि सिलौटोमा गोलभेडा, खुर्सानी, जिरा, धनियाँ, तेल, कागती रस, लसुन र नुनका साथ मसिनो हुने गरी पिस्ने। सालमोनमा कागती रस तथा नुन हाली हल्का मोल्ने। एउटा भाँडामा ब्रेडकम, धनियाँ, जिरा तथा अदुवा मिसाउने र त्यसमा तयारी माछा मोल्ने। माछालाई ट्रेमा हाली ओभनमा १ सय ८० डिग्रीको तापक्रममा १० देखि १२ मिनेट पकाउने। तयारी माछा अचारसँग सर्भ गर्ने।

माछाको सेवनले

- रक्तचाप एवं डिप्रेसन कम गर्छ।

- मस्तिष्क स्वस्थ बनाउँछ।

- हड्डी एवं छाला मजबुत बनाउँछ।

- मुटुसम्बन्धी रोगबाट जोगाउँछ।

- मुख, खाना नली तथा छातीमा हुन सक्ने क्यान्सर कम गर्छ।